
सप्तरी । सशस्त्र प्रहरी बल काेशी व्यारेज स्थित बेशले नाै पाेका अर्थात एक सय असी किलो गांजा बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेकाे कमाण्डमा खटिएको सात जनाको टाेलीले पटेरवारीमा लुकाएको अवस्थामा उक्त गाजा बरामद गरेको सशस्त्र प्रहरीको दुई नम्बर बाहिनीले जानकारी दिएको छ।