चिरञ्जीवी सापकोटा
२ भाद्र
ठोरी
बिरगंज -ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर २ र ३ लाई जोड्ने ठुटेखोला पुलको पूर्वपट्टीको बाटो आजबाट संचालनमा आएको छ।ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको नेतृत्वले नागरिकका बहुपेक्षित बाटो संचालनमा ल्याएपछि ठोरीबासी अत्यन्तै हर्षित छ्न्।बिहीवार बिहानैदेखि ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ स्वयम् उपस्थित भइ बाटो संचालनमा ल्याएका हुन्।उक्तबाटो संचालन नभएका कारण ठोरीका नागरिक तथा ठोरी घुम्न आउने पर्यटकहरुले सास्ती भोग्नु परेको थियो।उक्तक्षेत्र हुलाकी सडक निर्माण गर्ने ठेक्का पाएको कालिका बानियाँ जे भी ले बिवादका कारण कार्य गर्न सकेको थिएन।ठोटेखोलाबाट भारतीय पक्षले सिचाइकोलागि कुलो निर्माण गरी पानी लगेका कारण भारतीय पक्षबाट बारम्बार अवरोधका कारण यस स्थामा विबाद उत्पन्न हुने गर्दथ्यो। तर ठोरी गाउँ पालिकाको अध्यक्ष लाल बहादुर श्रेष्ठले भारतीय पक्षका स्थानीय मुखियाहरुसँग निरन्तर सम्पर्क ,सहकार्य र समन्वय गरी बाटो संचाल गरिको बताए। आफूलाई पनि यसबाटो संचालनमा नआउँदाको पीडा थाहा भएकै कारण समास्याको समाधान गरिएको समेत अध्यक्ष श्रेष्ठले बताए। भारतीय पक्षका धमौरा पंचायतका मुखिया श्यामबिहारीले आफूहरुलाई पानीसंगको मात्र सरोकार रहेकाले नेपाली पक्षले पर्याप्त पानी जाने बाताबरण बनाइदिएकाले कुनै गुनासो नरहेको बताए।
पुलको बाटो सिधा नहुँदा र घुमौरो ड्राइभर्सनको बाटो प्रयोग गर्दा ठोरी घुम्न आउने पर्यटकहरुलाई धेरै कठिनाइ हुने गरेको र घुमौरो बाटोमा पर्ने साना काठे अस्थायी पुलले सवारीसाधनमा समेत कठिनाइ रहेको कारण अब उप्रान्त कसैले पनि गुनासो गर्ने ठाउँ नरहेको निर्मलठोरी उपभोक्ता
समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए।
पुल निर्माण भएको ४ वर्ष पछि भारतीय पक्षले प्रयोग गर्दै आएको दुईवटा कुलो मध्ये पस्चिमपटिको कुलो जनप्रतिनिधि र स्थानीयहरुको पहलमा ड्राइभर्सन बनाई संचालनमा आएको बाटो आजबाट पुर्णरुपेण संचालनमा आएको हो।हुलाकी सडकले पुनः टेण्डर गरेपछिमात्र कालोपत्रेको काम हुनेछ।बाटो खुलाउने कार्यमा गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी ,वडा नम्बर २ र ३ का जनप्रतिनिधिहरु ,स्थानीय सामाजिक अगुवाहरुको समेत सक्रिय उपस्थिति रहेको थियो।