इनर्वा गाउँ बाट मुन्ना मिया ले गरेको तस्करी भिडिओ मा कैद

मनोहर अहीर

बीरगंज । भन्सारको पूर्वपट्टि रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा भन्सारछली तस्करी हुँदैअएको छ ।सशस्त्र प्रहरी निरीक्षक र नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) तस्करलाई संरक्षण गरेको आरोप छ । प्रहरी र सशस्त्रको मिलोमतोमा तस्करी भइरहेको स्थानीयको आरोप छ । पर्साको इनर्वागाउँ क्षेत्रबाट कपडा तस्करी हुने गरेको छ । इनर्वागाउँलाई कपडा तस्करीको केन्द्र पनि मानिन्छ ।
इनर्वागाउँबाट सशस्त्रका इन्स्पेक्टर र असई कै संरक्षण र मिलेमतोमा नेपालतर्फबाट , छोगडा, सुपारी, अलैंची, खुकुरी चुरोट, चाइनिज स्याउ, , र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरुको तस्करी भइरहेको छ ।भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्र्स, कुखुराको चल्ला, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ र रजनीगन्धा, स्पेयर पार्टस्, लगाएत विभिन्न वस्तु रातिमा तस्करी हुँदैआएको छ ।
सशस्त्र र प्रहरीको संरक्षणमा दिनमा पनि भन्सार छली लाइन मिलाएर सेटिङमा तस्करी हुने गरेको छ । तस्करीको लाइन पाउनेहरुमा कपडा तस्कर , मुना आलम, र काका माल्ती देवि, राज्कुमार रक्सौल का हुन्न । जयलाल यादव, मुना आलम, समूख तथा साइकलमा तस्करी गर्ने समूहमा आकाश, तबारक मिया, रवि शर्मा छन् ।त्यसैगरी पिकअप र ट्याम्पोबाट कपडा र हार्डवेयरका सामानको तस्करी गर्दै आएका काका भन्ने व्यक्ति तथा हार्डवेयरका सामानको तस्करी गर्दै आएका धेरै तस्करहरुलाई लाइन दिइएको छ । इनर्वागाउँबाट असई को सेटिङमा सरसामान ब्यापक तस्करी हुने गरेको समाचार विभिन्न संचार माध्यममा आउने गरेका छन् । पर्सा प्रहरीका उच्च अधिकृतहरुको ध्यान नजानुले उनिहरुमाथि पनि विभिन्न किसिमका शंका उपशंका हुने गरेको बताईन्छ । पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत अपराध नियन्त्रण तथा तस्करी रोक्न प्रयास गरे पनि उनका मातहतका केही भ्रष्ट कर्मचारीहरुका कारण उनको पनि नाम बदनाम भई रहेको स्थानियवासीहरु बताउछन् । यसमा समयमै सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय