मनोहर अहीर
बीरगञ्ज । पर्साको भिस्वा नाकाबाट व्यापकरुपमा कबाड, जुटको बोरा , हाडवेयर, लत्ताकपडा ,सुपारी लगायतका सामानको व्यापकरुपमा तस्करी भईरहेको छ ।पर्साको भिस्वा नाका भन्दा करिब १०० मिटर नजिकै रहेको प्रहरी चौकी भिस्वा र सशस्त्र प्रहरीको मिलोमतोमा भिस्वाबाट ठूलो मात्रामा कवाड ,चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड डाबर क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा सुपारि छोकडा, जुटको बोराको ठूलो मात्रामा तस्करी भैरहेको समाचार प्राप्त भएको छ ।प्रहरी चौकी भिस्वाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) र सशस्त्र प्रहरी बीओपी का प्रमुख लाई समेत सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी भएको हो । सशस्त्र प्रहरीको सेटिङमा कबाड तस्करीको लाइन पाउनेमा शशिकान्त कुशवाहा र स्याउ तस्करीको लाईन पाउनेमा मुन्ना जैसवाल रहेका छन् । त्यस्तै युनिलिभरको फेयर एण्ड , क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, सुपारि ,छोकडा तस्करीको लाईन पाउनेमा हरि कोईरी र रामु जैसवाल रहेका छन् ।अहिले भिस्वा नाकाबाट काम गर्ने कबाड तस्कर शशिकांत कुशवाहा, ,चाईनीज स्याउ तस्कर मुना जैसवाल, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, सुपारि ,छोकडाको तस्कर हरि कोईरी र रामु जैसवालहरुसँग सशस्त्र प्रहरीको भिस्वास्थित रहेको बीओपीका इन्सपेक्टर र प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक लाखौं रुपैयाँको नजराना बुझी तस्करीको लाईन दिएको नाम नछाप्ने शर्तमा एक तस्करले बताएका छन् ।भिस्वाका यी व्यापारीहरुले बजार व्यवस्थापन समितिको नाममा बीरगञ्जबाट माल ल्याई स्टोर गरेर राख्ने र रातारात इन्डिया कटाई हाल्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाल-भारत बोर्डरको दशगजा नजिक उनीहरुको गोदाम रहेको छ । सो गोदामको छेउछाऊमै प्रहरी चौकी रहेपनि रातिको समयमा प्रहरी र सशस्त्र प्रहरीको सहयोगले तस्करी भईरहेको स्थानीयहरु दावी गर्छन । यिनीहरुको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरु ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ ।उनीहरुले राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जो कोहीले देख्ने गरेका छन् । यस्ता गतिविधितर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिन्छ ।
पर्सा का भिस्वा नाका मा ठूलो तस्करी सुचारु
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech