पटक पटक समात्दा पनि रोकिएन गाजा तस्करि कहिले नेपाल प्रहरी त कहिले ससस्त्र प्रहरी

वीरगन्ज । भारतीय नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकमा रोकी राखिएको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रकको खनतलासी गर्दा १४३ केजी ५ ग्राम गाँजा बरामद भएको हो ।ट्रकको सवारी चालक क्याबिन माथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।आवश्यक कारवाहीका लागि ट्रक र गाँजा जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय