सशस्त्र प्रहरीले वीरगन्जबाट ९० लाख मुल्य बराबरको अवैध सामान वरामद

पर्सा । वीरगन्जबाट ९० लाख बरावरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।बिल बिजकभन्दा फरक भएको विद्युतीय सामान,औषधिलगायतका सामान बोकेको ना ६ ख ९९०५ नम्बरको ट्रकलाई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।विषेश सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट नियन्त्रणमा लिएर ट्रक र मालसमानको रु ९० लाख ७५ हजार ४१६ बराबरको मुल्याङ्कन गरी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय