पर्सा । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश बहादुर ठाडा मगर पटक पटक समाचार आउदा तस्कर बिरुद्ध खरो रुपमा प्रस्तुत भएका छन ।
नेपाल भारत सीमा खुल्ला रहेको हुँदा तस्करहरु सक्रिय रहेको सूचना पाउने बित्तिकै डिआईजी ठाडा मगरले कडा निगरानी बढाएका छन । डिआईजी मगर मधेश प्रदेशका ८ वटै जिल्लाका प्रमुखहरुलाई रणनितिक परिचालनका लागि तस्कर बिरुद्ध उभिन निर्देशन दिएका छन ।
डिआईजी ठाडाले तस्करहरु बिरुद्ध खरो उविन निर्देशन दिए पछि सीमा नाका देखि बजार सम्म निगरानी बढाए पछि पछिल्लो समय दैनिक जसो तस्कर र तस्करीका सामान, लागु औषध तथा अबैध हुन्डी कारोबारीहरु सशस्त्र प्रहरीको नियन्त्रणमा आउने गरेका छन ।
यता ससस्त्र प्रहरीले गएको आर्थिक वर्षमा मधेस प्रदेशका ८ जिल्लाबाट स्रोत नखुलेको ३ करोड रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरीको मधेस प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी र अन्य ८ जिल्लामा रहेका जिल्ला स्थित कार्यालयबाट गएको आ.ब.२०७८÷०७९ मा स्रोत नखुलेको ३ करोड २० लाख ३६ हजार रुपैयाँ बरामद गरेको हो ।
ससस्त्रले यही अवधिमा स्रोत नखुलेको १७ लाख ६१ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको मधेस प्रदेश मुख्यालय छिन्नमस्ताका बाहिनीपति ससस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले जानकारी दिए ।
स्रोत नखुलेको नेपाली रुपैयाँ सबैभन्दा धेरै धुनषाबाट बरामद भएको पनि उनले जानकारी दिए । नम्बर ८ गण हेडक्वाटर धनुषाले गएको आर्थिक वर्षमा स्रोत नखुलेको नेपाली रुपैयाँ ९७ लाख ४ हजार ५ सय बरामद गरेको हो ।
यस्तै ५८ लाख रुपैयाँ नम्बर ११ गण हेडक्वाटर रौतहटले तथा बाहिनीकै सक्रियतामा विभिन्न ठाउँबाट ४९ लाख ५१ हजार, नम्बर ९ गण हेडक्वाटर महोत्तरीले ४४ लाख २४ हजार, नम्बर १० गण हेडक्वाटर सर्लाहीले २३ लाख ८३ हजारस्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद भएको हो ।
यसैगरी नम्बर ७ गण हेडक्वाटर सिरहाले १४ लाख २८ हजार, नम्बर १३ गण हेडक्वाटर पर्साले १२ लाख र नम्बर १२ गण हेडक्वाटर बाराले जम्मा ६४ हजार स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद गर्न सफल भएको नायव महानिरीक्षक मगरले जानकारी दिए ।
जसमध्ये नम्बर १३ गण हेडक्वाटर पर्साले ६ लाख भारतीय रुपैयाँ पनि यही अवधिमा बरामद गरेको छ । धनुषा र महोत्तरीले समान ४÷४ लाख स्रोत खुल्न नसकेको भारतीय रुपैयाँ बरामद गर्दा बाराले ३ लाख र सर्लाहीले ४९ हजार रुपैयाँ बरामद गरेको पनि उनले जानकारी दिए । राष्ट्र सन्देश