देवेन्द्र यादव ।बिरगंज ११। सशस्त्र प्रहरी बल नेपाल २ नं छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश बहादुर ठाडा मगर पटक पटक न्युज आउदा तस्कर बिरुद्ध खरो रुपमा प्रस्तुत भएका छन ।नेपाल भारत सीमा खुल्ला रहेको हुँदा तस्करहरु सक्रिय रहेको सूचना पाउने बित्तिकै डिआईजी ठाडा मगरले कडा निगरानी बढाएका छन । डिआईजी मगर मधेश प्रदेशका ८ वटै जिल्लाका प्रमुखहरुलाई रणनितिक परिचालनका लागि तस्कर बिरुद्ध उभिन निर्देशन दिएका छन। डिआईजी ठाडाले तस्करहरु बिरुद्ध खरो उविन निर्देशन दिए पछि सीमा नाका देखि बजार सम्म निगरानी बढाए पछि पछिल्लो समय दैनिक जसो तस्कर र तस्करीका सामान, लागु औषध, अबैध हुन्डी कारोबारी तथा नगद लगायत सुन चाँदी सवारी साधन र मानिस सशस्त्र प्रहरीको नियन्त्रणमा आउने गरेका छन ।पछिल्लो समय तस्करीमा संलग्न व्यक्तिहरु भागेकोले नियन्त्रणमा लिन नसकेको जवाफ सशस्त्र प्रहरीबाट बिरलै आउँछ ।
एक साल अधी सम्म मधेश प्रदेशको ८ वटै जिल्ला मध्ये रौतहट बारा, पर्सा, सर्लाही, धनुषा, महोत्तरी, सप्तरी र सिरहाका विभिन्न नाकाहरुमा सीमा क्षेत्रका बजारहरुमा दिउसै सामान निकासी पैठारीका लागि भण्डारण गरिन्थ्यो र त्यहाँबाट सुरक्षित समयमा बारी पारी गराईन्थ्यो तर अहिले ७ महिना देखि सशस्त्र प्रहरीका २ नम्बर प्रदेशका प्रहरी प्रमुख फेरिए सँगै सीमावर्ती क्षेत्रमा तस्करको राज पनि समाप्त भएको छ । बारी पारीको धन्दा अचानक बन्द भए पछि तस्करहरु बिचल्लित भएका छन।
सादा पोशाकमा निगरानी गरिने र सिङ्गम शैलीमा बर्दी धारी सशस्त्र प्रहरी कर्मचारी उतार्ने र नियन्त्रणमा लिने डीआईजी ठाडाको कुटनैतिक शैलीले तस्करीको ताज खोसिएको छ ।
अहिले सीमा ईलाकाहरुको दृश्य पत्यार लाग्दैन, यहाँ सुशासनको राज फर्किएको छ । साझाँ परे देखि बिहान सम्म बोर्डर ईलाकाहरुको आवत जावत र दारी पारी सामान पुऱ्याउने ठप्प बनेको छ ।सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबासका प्रमुख (डीआईजी) गणेश बहादुर ठाडा मगर कानूनले निषेध गरेको काम गर्नेलाई कारवाहीको दायरामा ल्याउन ईमान्दार पूर्वक चोरि तस्करीका सामान बरामद गर्ने सशस्त्र प्रहरीलाई सक्रिय बनाएका छन र ज्ञातव्य छ, सशस्त्र प्रहरीको इतिहासमा नै पहिलो पटक मधेश प्रदेशका सबै आफ्ना अधिकृत स्टाफहरुको मन जितेर विश्वासमा लिएर काम गर्ने सफल डिआईजीको रुपमा गणेश ठाडा मगर स्थापित भएका छन ।
बाहिनीपतिको कडा निर्देशन तथा बाहिनी र गणहरूका स्वार्ट टोलीको सक्रियताले ठूलो मात्रामा चोरी तस्करी बरामदी बढेको छ । अघिल्लो आर्थिक बर्षभन्दा चालु आर्थिक बर्ष ५.७५ ले चोरी तस्करी समेत बढेको देखिन्छ । गणपतिहरु ८ वटै जिल्लामा पाएका छन हालका गणपतिहरु सशस्त्र प्रहरी बलको स्थापना हुनासाथ नियुक्त भएका सशस्त्र प्रहरी बललाई शैसव काल देखि हुर्काउदै आएका गणपतिहरु समेत छन विपद् उद्धार एवं थुप्रै प्रशंसनिय कार्यमा (आगलागी, बाढि, डुबान र शितलहर) जस्ता कामकारबाहीमा सशस्त्र प्रहरी मधेश प्रदेशमा अग्र पंक्तिमा देख्न सकिन्छ ।
बोर्डर मा तस्करी बिरुध कडा उत्रे डिआइजी मगर । गनपति हरुलाई चेतावनि
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech