काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । आजदेखि उडान बन्द गर्ने घोषणा गरेको संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेको संघको आन्दोलन फिर्तासँगै नियमित उडान हुने भएको छ ।
बुद्ध एयरले आफ्नो नियमित उडान कार्यक्रम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ । ११ बजेदेखि नियमित उडान हुने बुद्धले जानकारी दिएको छ ।
यस्तै यती एयरलाइन्सले पनि अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरु नियमित हुने सामजिक फेसबुक मार्फत जानकारी दिएको छ ।
गृह मन्त्रालयको समन्वयमा संघ र प्राधिकरणबीच मंगलबार राति भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालबीच उडान नरोक्न सहमति भएपछि उडान नियमित हुने भएको हो ।