यो के हो डिआइजी साहब ? तस्करीको सामान समाउदा हटाइयाे

कलैया । सुन्दा पनि पत्याउन गार्‍हो पर्छ कि तस्करीको सामान पक्राउ गरे बापत स्याबासी र पुरस्कार पाउनुपर्नेमा उल्टो हटाइयाे भन्दा। यहाँ यस्तै भएको छ। भारतीय सीमावर्ती क्षेत्रबाट बाराका विभिन्न नाकामा तस्करी हुदै आएकाे छ। कहिले सुरक्षाकर्मीकाे सहयोगमा त कहिलेकाही सेटिङ बिना नै तस्करी हुदै आएकाे छ । यसरी नै तस्करी हुदै गरेको सामान पक्राउ गरेबापत सशस्त्र प्रहरी बलका एक सईकाे सरूवा भएको छ। सशस्त्रको बारा स्थित छतवा बेशमा कार्यरत सई दशैं मण्डल तस्करीको सामान पक्राउ गरेबापत हटाइएका छन् । बाराका चर्चित तस्कर भाेला मियाँकाे तस्करीको सामान पक्राउ गर्दा उनको सरूवा भएको हो । सशस्त्रका घुमुवालाई तस्करी गरेको सामान पक्राउ नगर्ने शर्तमा मासिक पाँच लाख दिने शर्तमा काराेवार शुरू गरेका थिए ।भाेलाले तस्करीको कपडा ल्याउदै गरेको सुचनाकाे आधारमा सई मण्डलले उक्त सामान पक्राउ गरेका थिए। तस्करीको सुचना पाएपछि साे जानकारी उनलेे आफ्नो गणका एसपी राजेन्द्र थापालाई पनि गराएका थिए। झण्डै डेढ लाख बराबरको तस्करीको सामान उनले बरामद गरे ।तर भाेलिपल्ट नै उनलाई हटाएर अर्को सई उद्वव पाैडेललाई खटाइएको छ। भ्रस्टाचार खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय