एक लाख ३१ ह्जार नक्कली नोटसहित भारतीय पक्राउ

देवेन्द्र यादव
वीरगंज । सशस्त्र प्रहरी बल बंकुल एक लाख ३१ हजार नक्कली नोटसहित भारतीय युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा विओपी बंकुलबाट सई जयराम यादवको कमााण्डमा बिहीबार खटिएको सशस्त्र प्रहरीको टोलीले बंकुलको एक चिया पसलबाट भारतको गोरखपुर निवासी २३ बर्षीय संजय सक्सेनालाई एक लाख ३१ हजार रुपैयासहित पक्राउ गरेको हो ।
सक्सेनाको साथबाट ५० थान हजारको नक्कली नेपाली नोट रु ५० हजार र भारतीय हजार, पाँच सयको नक्कली नोट रु ५१ हजार गरि एक लाख ३१ ह्जार ६ सय रुपैया बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सक्सेनालाई आवश्यक कार्यवाहिको लागि ईलाका प्रहरी कार्यालय बंकुलमा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय