कसैलाई कर छुट दिने कसैलाई नदिने गर्न मिल्दैन : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बताएका छन्।

शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती कर नगरिएको उनले प्रष्टाएका छन्।

‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन। उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो,’ कार्यपालिका बैठकमा आज उनले भने, ‘उहाँहरूलाई कर छुट दिन सकिन्न। रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ।’

कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने उनले बताएका छन् । महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय