काठमाडौं आइपुगे अमेरिकी सेनाका प्यासिफिक कमाण्डर

काठमाडौं । नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको प्रशान्त क्षेत्र हेर्ने चार तारे जर्नेल चार्ल्स ए.फ्लिन काठमाडौँ आइपुगेका छन् ।

नेपाल आउनुअघि भारत भ्रमणमा रहेका फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

फ्लिनले भोलि सिंहदरवारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ । त्यस्तै उनले भोलिनै सैनिक मुख्यालय जंगी अड्डामा नेपालका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

फ्लिनको सम्मानमा भोलि नेपाली सेनाले आफ्नो मुख्यालयमा गार्डअफ अनर दिने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय