देवेन्द्र यादव
वीरगंज । बाराको प्रहरी चौकी पथलैयामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) मनोज यादव डिआईजी मसाउद आलम खाँ र एसपी दिलिप सिंह देउवाको नाममा अबैध असुली गरिरहेको खुलेको छ । बैंकहरुले एल्सी बन्द गरेपछि नेपाल–भारत सीमानाकाबाट अबैध तरिकाले भित्रिरहेको मालसमानका कारोबारीसंग असई यादवले डिआईजी र एसपीको नाममा असुलि गरिरहेको खुलेको हो ।
बैंकहरुले एल्सी बन्द गरेपछि विभिन्न तस्करी भई आएको मालसमान ट्रान्सपोर्ट, बस, पिकअप आदीको माध्यमबाट बारा, पर्साबाट बाहिर जादाँ बाराको पथलैयास्थित चेकजाँच गरि मिलेमतो भएकाहरुको मालसमान छोड्ने र नभएका अबैध कारोबारीको मालसमान चौकीमा राखि डिआईजी खाँ र एसपी देउवाको भाग छुट्टाछुट्टै लिई छोड्ने गरेको स्रोतले दाबी गरेको छ ।
एल्सी बन्द भएपछि खुद्रा व्यापारीहरुले पोके देखी अन्य तस्करीको माध्यमबाट गोदाममा थन्काई राख्ने व्यापारीहरुले ट्रान्सपोर्ट, पिकअप लगायत अन्य माध्यमले बाहिर पठौने कारोबारीसंग पथलैयामा चेकजाँच गर्ने बाहानामा असई यादवले अबैध असुली गरेबापतको हिस्सा माथिल्लो निकायलाई दिने गरेको स्रोतले जनाएको छ ।
पथलैयामा चेकजाँच गर्दा वीरगंजबाट तस्करी भई जाने मालबाहक गाडीहरुसंग असुली गरि बाराका एसपी देउवा र डिआईजीलाई समेत बुझाउँदै आएको असई यादवलाई पथलैया राखि वीरगंजका अन्य अबैध कारोबारीसंग पनि असुली गराउने गरेको स्रोतले जनाएको छ ।
असई यादवले पथलैया चौकीका हवलदार धर्मराज यादवलाई घुमुवा राखी अबैध असुली गर्ने आफ्ना सहयोगीको रुपमा परिचालन गरिएको जनाईएको छ ।
अहिले बारा, पर्साबाट कपडा, विभिन्न गाडीहरुको मोटर्सपार्ट, इलेक्ट्रोनिक समान, विभिन्न खाद्यान्न तथा किराना सामानहरुको तस्करी हुँदैछ ।
बैंकहरुले एल्सी बन्द गरेपछि सीमानाकाबाट हुँदै व्यापक तस्करी, डिआईजी र एसपीको नाममा असुली गर्दै असई यादव
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech