काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।
‘हामीले एक साताका लागि पोखरा–जोमसोमको उडान बन्द गर्ने निर्णय गरेको तारा एयरका प्रवक्ताले जानकारी दिए ।
यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्ताले जानकारी दिए ।
उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएका हुन्।