बुहारी कुट्ने मेयरका प्रत्यासी !

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको नागार्जुन नगरपालिकामा मेयरको उम्मेदवार विवादास्पद व्यक्तिलाई बनाएको छ।

एक महिलामाथि हिंसा गरेको आरोपमा प्रहरीदेखि अदालतसम्म मुद्दा खेपिरहेका मोहन बहादुर बस्नेतलाई कांग्रेसले मेयरको उम्मेदवार बनाएको पाइएको हो ।

उनी यसअघिको निर्वाचनमा समेत निर्वाचित मेयर हुन् । मेयर पदमै रहँदा उनले मेयर पदको हैकम देखाएर आफ्नै बुहारी ‘रमा सिलवाल बस्नेत’ ९नाम परिवर्तन०लाई पटक पटक हिंसा गरेपछि ती महिलाले प्रहरीको महिला सेलमा उजुरी दिएकी थिइन् । महिला सेलमा छलफल भएपनि न्याय नपाएपछि उनले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् ।

नेपाली सेनाको भगौडा सिपाही रहेका बस्नेतले पटक पटक ती महिलामाथि कुटपीट तथा हिंसा गरेपछि विभिन्न निकायमा गुहार मागेकी थिइन् ।

‘उहाँ विरुद्ध पहिले नगरपालिकाकै न्याय समितिमा उजुरी आएको थियो । तर, त्यहाँ मुद्दा प्रभावित हुन सक्ने भएर उहाँ प्रहरीमा जानु भयो,’ स्रोतले भन्यो,‘प्रहरीको महिला सेलमा पुगेपछि पनि मुद्दा टुंगिएन । प्रहरीले उहाँलाई पक्राउ गर्नुपर्ने ठाउँमा राजनीतिक संरक्षणको आडमा उन्मुक्ति दियो । त्यसपछि ती महिला अदालतको ढोकामा पुगिन् ।’

ती महिलामाथि हिंसा गरेपछि उनले नगरपालिकाकै सरकारी रकमबाट हायर गरिएको वकिल मार्फत कानुनी लडाईँ लडेका थिए ।

मेयर बस्नेतले महिला हिंसा गरेपछि श्रीमती उर्मिला बस्नेत समेत तनावमा आएको स्रोत जनाउँछ । ‘उहाँ सँधै मदिरा सेवन गरेर घर आउने घरका सबै परिवारलाई कुटपीट गर्नुहुन्थ्यो । उहाँबाट छोरासमेत सुरक्षित थिएनन्,’ पारिवारिक स्रोत भन्छ,‘त्यस्तो मान्छेबाट अरु को सुरक्षित होला रु’

जिल्ला अदालत स्रोतका अनुसार ती महिलाले अदालतमा मुद्दा दायर गरेपछि बस्नेतको सम्पत्ति समेत अहिले रोक्काको अवस्थामा छ । तर, उनले ती महिलालाई प्रभावमा पार्न विभिन्न कोशिस गरिरहेका छन् । स्रोतका अनुसार उक्त प्रकरण बाहिर ल्याए ज्यानसम्म लिने धम्की उनले दिएका छन् । त्यसैकारण होला ती महिलाले बस्नेतले गरेको हिंसाबारे प्रश्न गर्न सम्पर्क गर्दा शुरुमा आफूले केहीबेरमा आफै सम्पर्क गर्ने बताइन् । केहीबेरपछि उनले फोन गरिनन् । हामीले सम्पर्क गर्दा उनले आफूहरुबीचको कुरा मिलिसकेको दाबी गरिन् ।

नागार्जुन नगरपालिकाका उपमेयर तथा न्याय समितिकी संयोजक सुशिला अधिकारीलाई यस घटनाको विषयमा बुझ्न सम्पर्क गर्दा उनले पनि मेयर विरुद्ध प्रहरी र अदालतमा मुद्दा परेको बताइन् । विस्तृतमा बुझ्न भने बुहारी सिलवाललाई नै सम्पर्क गर्न उनको आग्रह थियो ।

घटनाबारे प्रतिक्रिया लिन बस्नेतको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् । समाचार दियो पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय