बिरगंज १८: सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपि) मा राजु अर्याललाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपि मा नियुक्त गर्ने निर्णय गरेको हो नवनियुक्त आईजीपि अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्नेछन् ।
३० वर्षे सेवाअवधिका कारण हालका आईजीपि पुष्पराम केसीले आइतबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा अर्याललाई बढुवा गरिएको हो ।